images
images
  • इङ्लिस प्रिमियर लिग: फुलहाम आर्सनलसँग २-१ ले पराजित

    इङ्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनलले फुलहामलाई पराजित गरेको छ।

    एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले फुलहाममाथि २–१ को जित हात पारेको हो। आर्सनलको जितमा मिकेल मेरिनो र बुकायो साकाले गोल गरे।

    वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका साकाले सात मिनेटमा नै गोल गर्दै आर्सनललाई जित दिलाउन सहयोग गरे।

    चोटका कारण १ सय १ दिन मैदान बाहिर रहेका साकाले मैदान फर्केको सात मिनेटमा नै गोल गर्न सफल भएका हुन्।

    खेलको ६६ औँ मिनेटमा मैदान छिरेका साकाले ७३ औँ मिनेटमा गोल गरे।

    त्यसअघि पहिलो हाफको ३७ औँ मिनेटमा मिकेल मेरिनोको गोलमा आर्सनलले खेलमा सुरुवाती अग्रता लिएको थियो।

    इन्ज्युरी समयको चौथो मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै फुलहामलाई २–१ को अवस्थामा ल्याएपनि जितका लागि निकै ढिला भइसकेको थियो।

    जितसँगै आर्सनलले ३० खेलबाट ६१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानको लिभरपुलको २९ खेलबाट ७० अंक छ।

    गएराति भएको अर्को खेलमा नटिङ्घम फरेष्टले म्यानचेष्टर युनाइटेडलाई १–० ले पाखा लगाएको छ। अर्को खेलमा वुल्भ्सले वेष्ट ह्याम युनाइटेडमाथि १–० कै जित दर्ता गर्यो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images