images
images
  • सुनुवाइ नसकिएपछि कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा 

    कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको मुद्दा सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा परेका छन् । चैत १५ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा दुवै पक्षलाई डाक्ने आदेश भएको थियो ।

    मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा पनि सुनुवाइ लम्बिएपछि ३० अन्य मुद्दा हेर्न नभ्याइनेमा परेका थिए । अब निर्णय भने त्यही इजलासले गर्नुपर्नेछ ।

    सरकारले १२ गतेको निर्णयमा कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । यस विरोधमा कुलमानले १४ गते रिट दायर गरेर अन्तरिम आदेश मागेका थिए ।

    साथै, हितेन्द्रले आफूलाई गैरकानुनी रूपमा हटाएर कुलमानको नियुक्ति अवैधानिक भएको दाबी गर्दै रिट दायर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images