नेपाल शिक्षक महासंघले बुधबारदेखि अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्ने जनाएको छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले बुधबारदेखि अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्ने जनाएको हो ।
यसअघि महासंघले विभिन्न चरणमा जुलुस, धर्ना र रिले अनशन गरेको थियो । अबको चरणमा, काठमाडौंमा केन्द्रित सडक आन्दोलन गर्ने कार्यक्रम तय गरिएको छ ।
महासंघका अनुसार, आन्दोलनको उद्देश्य शिक्षक र विद्यालय कर्मचारीका समस्याहरु समाधान गर्नु र नयाँ विद्यालय शिक्षा ऐन जारी गराउनु हो । आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुने स्पष्ट गरिएको छ ।
महासंघले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र शैक्षिक सरोकारवालाई आन्दोलनमा समर्थन गर्न अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























