images
images
  • सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गेयर बदल्नुपर्‍यो : सांसद खतिवडा

    नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    सधैँ निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने सांसद खतिवडाको भनाइ छ । सरकारले आशाका किरणहरू दिन नसकेको उनको आशय थियो । उनले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणमा केही हदसम्म सफल भएको समेत बताए । उनले संसद् अवरुद्ध पारेर बन्धक बनाउने परिपाटी केही हदसम्म कम भएको बताए ।

    उनले भने, ‘सधैँ निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन । आशाका किरणहरू दिन सफल हुनुपर्छ । अहिले सरकार जुन गतिमा गएको छ त्यसमा सबैको चित्त बुझेको छैन । अब गेयर परिवर्तन गर्नुपर्‍यो । जुन गेयर छ त्योभन्दा माथि गेयरमा जानुपर्‍यो ।’

    सांसद खतिवडाले राजावादी समूह सक्रिय भएको उल्लेख गर्दै कोही आवेगमा आउँदैमा सबैले त्यसैगरी अगाडि बढ्न नहुने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images