प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गरेका छन् ।
थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको निमन्त्रणामा ओली पहिलो पटक थाइल्यान्ड जान लागेका हुन् । भ्रमणको क्रममा ओलीले द्विपक्षीय वार्ता, २ पर्यटन तथा संस्कृतिमा र ६ समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरेका छन् ।
प्रधानमन्त्री ओली चैत २१ गते थाइल्यान्डका व्यवसायीहरूसँग भेटघाट र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्नेछन् । त्यसपछि बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनेछन् र अन्य राष्ट्र प्रमुखसँग साइडलाइन वार्ता गर्ने तयारी छ । यसै दिन, मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन सम्झौतामा हस्ताक्षर र नेपाली दूतावासमा कार्यक्रम हुनेछ ।
प्रतिक्रिया दिनुहोस्






















