images
images
  • आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गरेका  छन् ।

    नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् ।

    मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images