राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराको निधन भएको छ । रुपन्देही क्षेत्र नं. ३ का सांसद समेत रहेका बोहराको काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उनको सचिवालयले जनाएको छ ।
उनलाई कोरोना महामारीको दोस्रो लहरमा संक्रमण भएपछि पोस्ट कोभिडले घाँटीमा क्यान्सरको समस्या भएको थियो । यस कारण, उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए भने चुनावमा पनि नबोलेरै निर्वाचित भएका थिए ।
लामो समयदेखि उनले स्पीच थेरापी गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्






















