images
images
  • अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीय संसदबाट पारित 

    सरकारले जारी गरेका पाँच अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएका छन् ।

    प्रतिनिधिसभाले पारित गरी सन्देशसहित पठाएका यी विधेयकहरू आज राष्ट्रियसभाबाट पनि पारित भए ।

    यसमा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी नेपाल ऐनमा संशोधन गर्ने विधेयक, २०८१,’ ‘सहकारीसम्बन्धी ऐनमा संशोधन गर्ने विधेयक, २०८१,’ ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१,’ ‘निजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१,’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार सम्बन्धी ऐनमा संशोधन गर्ने विधेयक, २०८१’ समावेश छन् ।

    यी विधेयक अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणको लागि पठाइने छन् । त्यसपछि  कानुन बन्ने प्रक्रिया पूरा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images