राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि प्रहरी हिरासतबाट निस्किएर पहिलो पटक पार्टी कार्यालय फर्किएका छन् ।
६ महिनापछि आज पार्टी कार्यालयमा आएर उनले ठुला दलमाथि आक्रोश व्यक्त गरे । उनले भने, ‘कति मुद्दा लगाउनु छ लगाऊ, शरीरमा रगत रहुन्जेल लडिरहन्छु ।’ राजनीति नगरेको भए आफूलाई समस्या नहुने उनले बताए । ‘लुट मच्चाइरहेकाहरूलाई खबरदारी गर्न पछि हट्दिन,’ उनले भने।
शनिबार चितवनमा सभा गरेर आफूलाई कसरी सरकारबाट हटाइयो भन्ने स्पष्ट पार्ने उनले बताए ।
उनले कांग्रेस र एमालेसँग नझुकेकै कारण मुद्दामा फसेको र अब गोली हान्ने बाहेक विकल्प नरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्






















