images
images
  • लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : अध्यक्ष केसी

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरूबिच मतभेद बढेका कारण प्रतिगामी तत्त्वहरू सक्रिय हुन थालेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले व्यवस्थामा रक्षाका लागि नेतृत्व गरेका नेताहरूले सच्चिनुपर्ने बताएका हुन् ।

    अध्यक्ष केसीले गणतन्त्रवादी दलहरूबिच मतभेद भएपनि लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस नदिएको टिप्पणी गरे । उनले गणतन्त्रवादी दलहरूले देश र जनताको अगाडि निर्भिक भएर आफ्ना कमजोरीहरू स्विकार्दै आत्मालोचना गर्नुपर्ने समेत बताए ।

    उनले भने, ‘हाम्रा बिचमा मतभेद छन् । तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन । त्यसकारणले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुको बिचमा प्रशस्तै मतभेद छन् । मतभेदका बाबजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा यसको नेतृत्व गरेका साथीहरू सच्चिनु, आत्मालोचना गर्नु छ ।’

    उनले तीनकुने घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दलहरू अगाडि बढ्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images