images
images
  • मसिना कुरालाई इगोको रूपमा नलिऔँ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले मसिना कुराहरूलाई इगोको रूपमा नलिई संसद् सुचारु गर्न प्रतिपक्षीलाई आग्रह गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले संसदमा ल्याइएका  अध्यादेशहरू संविधान अनुसार नै भएकाले दुवै सदनबाट स्वीकृत भइसकेको बताए । उनले संविधानलाई समृद्ध बनाउँदै कार्यान्वयनमा लैजान कानुन निर्माण आवश्यक भएकाले अध्यादेश ल्याउनुपरेको बताए ।

    प्रधानमन्त्री ओलीले सबै दलको एकताबद्धताले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले देशमा भइरहेका गणतन्त्र विरोधी गतिविधि तथा आफ्नो थाइल्याण्ड भ्रमणको विषय रहेकाले सबै दलहरूलाई एकताबद्ध भएर संसद् सुचारु गर्न आग्रह गरे ।

    उनले भने, ‘हामी यतिबेला एकजुट भएर जनतालाई जगाएर, व्यवस्था र संविधानको रक्षा गरेर यिनलाई सफल बनाएर अगाडि जानुपर्नेमा हामी ससाना निहुहरुमा अल्झिरहेका छौँ । नअल्झिउँ भन्न चाहन्छु । सदनको अवराेधलाई अन्त्य गरेर एकताबद्ध भएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाऔँ । हामी आफैँले बनाएको संविधानलाई समृद्ध बनाऔँ । मेरो आग्रह छ ।’

    प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्र्तीबारे अदालतमा विचाराधीन रहेकाले संसदमा छलफल गर्नु उचित नहुने बताए । उनले लोकसेवाले नियुक्त गरेको बाहेक राजनीतिक नियुक्तहरू सरकार फेरिएपछि स्वतः फेरिने विधिमा जानु व्यवस्था मिलाउनु पर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images