images
images
  • संविधान र व्यवस्था बलियो तथा सुदृढ बनाउन लोकतन्त्रको सर्भिसिङ आवश्यक : सांसद शर्मा

    नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले संविधान र वर्तमान व्यवस्थालाई बलियो र सुदृढ बनाउनको लागि लोकतन्त्रको सर्भिसिङ आवश्यक रहेको बताएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    मुलुकमा सुशासन कायम गर्न सकेमात्र लोकतन्त्र सुदृढ हुने उनको भनाइ छ । उनले सरकारमा बसेर भ्रष्ट र बिचौलियाको पक्षमा काम गर्ने कुराले लोकतन्त्र झनझन कमजोर हुँदै जाने बताइन् । वर्तमान सरकार विचौलिया पोस्ने दिशामा अगाडि बढिरहेको उनको आरोप छ ।

    उनले भनिन्, ‘संविधानलाई बलियो बनाउन, व्यवस्थालाई बलियो र सुदृढ बनाउनको निम्ति लोकतन्त्रको सर्भिसिङ आवश्यक छ । त्यो भनेको के हो त भन्दा सरकारले गर्ने सुशासनका कामहरू हो ।’

    उनले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको सन्दर्भमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै खेद व्यक्त गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images