images
images
  • ज्ञानेन्द्र शाहले जनताको घर जलाउन पठाए : सांसद भट्टराई

    नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाएका छन् ।

    सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उनलाई दिएको सेवा सुविधा कटौती गर्नेबारे सोच्नुपर्ने बताए । उनले पूर्वराजाले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकाले उनलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैन  भन्दै प्रश्न गर्दै सरकारसँग जवाफ माग  गरे ।

    उनले भने, ‘पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको हिसाबले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो । आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भंग गर्नुभयो । त्यसैले आज म यो संसदमार्फत प्रश्न गर्न चाहन्छु । सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन रु म सरकारलाई सोध्न चाहन्छु ।’

    उनले पृथ्वीनारायण शाह र बहादुर शाह बाहेकका राजाले राष्ट्र जोगाउने काम गर्न नसकेको बताए । उनले नेपालको सिमाना कहाँ थियो आज कहाँ छ भन्दै प्रश्न गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images