images
images
  • थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

    प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणका क्रममा पर्यटन र संस्कृतिसम्बन्धी दुई सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराउँदै यसबारेमा जानकारी दिएका हुन् ।

    प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुने पनि बताए । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुने बताए । उनले थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images