images
images
  • बागमती प्रदेशको उत्कृष्ट गाउँपालिकाको यस्तो छ बजेट (बजेटको पुर्ण पाठसहित)

    दोलखा-शैलुङ गाउँपालिकाको आर्थिक वर्ष २०७८।०७९ को नीति‚ कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । बिहीबार नवौँ गाउँ सभामा उपाध्यक्ष लालमाया योञ्जनले आगामी वर्षको बजेट ५७ करोड ५६ लाख ७२ हजार रुपैयाँ प्रस्तुत गरेकी हुन् ।

    बजेटमा सङ्घीय सरकार समानीकरण अनुदान १२ करोड १२ लाख रुपैयाँ‚ सङ्घीय सरकार सशर्त तथा विशेष अनुदानतर्फ २३ करोड ६५ लाख रुपैयाँ‚ नेपाल सरकार राजश्व बाँडफाँड ६ करोड ९५ लाख २० हजार रुपैयाँ‚ प्रदेश सरकार वित्तीय समानीकरण १ करोड ३ लाख एक हजार रुपैयाँ‚ प्रदेश सरकार सशर्त अनुदानतर्फ २ करोड २१ लाख ७ हजार रुपैयाँ‚ प्रदेश राजश्व बाँडफाँड १ करोड ८३ लाख २५ हजार ७४३।५२ रुपैयाँ‚ प्रदेश सरकार समपूरकतर्फबाट २ करोड‚ प्रदेश सरकार विशेष अनुमानित आम्दानी ४२ लाख रुपैयाँ‚ गाउँपालिकातर्फ ७ करोड ३५ लाख १८ हजार २५८.४८ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

    त्यस्तै चालू खर्च ११ करोड ८६ लाख ६५ हजार रुपैयाँ‚ पूँजीगततर्फ १७ करोड ४२ लाख रुपैयाँ‚ सङ्घीय सरकार सशर्त तथा विशेष अनुदानतर्फ २३ करोड ६५ लाख‚ प्रदेश सरकार सशर्त अनुदान २ करोड २१ लाख ७ हजार रुपैयाँ‚ प्रदेश सरकार समपूरक अनुदानतर्फ २ करोड‚ प्रदेश सरकार विशेष अनुदानतर्फ ४२ लाख छुट्याएको छ ।

    यसैगरी ‘निरोगी र स्वस्थ शैलुङ गाउँपालिका’ अभियान सञ्चालन गरिनेछ । यसका लागि सुदृढ स्वास्थ्य सेवाका अतिरिक्त स्वच्छ र सन्तुलित आहार, शारीरिक व्यायाम, सरसफाइ सहितको स्वस्थ जीवनशैली अवलम्बन गर्न प्रोत्साहित गरिनेछ । रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा मानसिक स्वास्थ्य सम्वद्र्धन गर्न सामुदायिक सङ्घ संस्था समेतको सहभागितामा आरोग्य केन्द्र, व्यायामशाला र योग केन्द्रको सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    पूर्वाधार विकास शाखा: ऊर्जा, पुनर्निर्माण, विज्ञान तथा प्रविधि, भवन आवास तथा सहरी विकास ,यातायात पूर्वाधार, सञ्चार तथा सूचना प्रविधितर्फ बढी प्रतिशत बजेट विनियोजन गरेको उपाध्यक्ष तामाङले बताइन् ।

    सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र स् ९अनुगमन तथा मूल्याङ्कन, कानुन तथा न्याय, गरिबी निवारण तथ्याङ्क प्रणाली, प्रशासकीय सुशासन, मानव संस्था संसधान विकास, योजना तर्जुमा र कार्यान्वयन, गरिबी निवारण , वातावरण जलवायु, वित्तीय सुशासन विपद् व्यवस्थापन, श्रम तथा रोजगारी शान्ति तथा सुव्यवस्था, शासन प्रणाली० तर्फ बजेटले समेटिएको छ ।

    सामाजिक विकास अन्तर्गत: खानेपानी तथा सरसफाइ, जनसङ्ख्या तथा बसाई–सराइ, भाषा तथा संस्कृति, युवा तथा खेलकुद, लैगिंक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा संरक्षण) तर्फ आवश्यक बजेट विनियोजन गरेको छु ।

    कार्यालय सञ्चालन तथा प्रशासनिक पदाधिकारी तलब भत्ता, कर्मचारी तलब भत्ता, परामर्श चालु प्रकृतिका प्रशासनिक खर्चतर्फ बजेटले सम्बोधन गरेको उपाध्यक्ष तामाङले जानकारी दिइन् । नेपाल सरकार र प्रदेश सरकारबाट कार्यक्रम सहित प्राप्त बजेट कार्यान्वयन हुने सुनिश्चितता गरेको पनि उनले बताइन् ।

    हेनुहोस बजेटको बजेटको पुर्ण पाठ

    प्रतिक्रिया दिनुहोस्

    images
    images