images
images
  • महिला टी-२० विश्वकप : एशिया छनोटका लागि २८ खेलाडी प्रशिक्षणमा

    काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटका लागि प्रारम्भिक चरणमा आज २८ खेलाडी छानेको छ।

    आगामी मेमा थाइल्याण्डमा आयोजना हुने एशिया छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा राख्न ती खेलाडीको नाम सार्वजनिक गरेको हो।

    छनोट हुने खेलाडीहरुमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, एलिसाकुमारी यादव, साना प्रवीण, राजमती ऐरी, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया र रोमा थापा छ्न्।

    त्यसैगरी, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषाकुमारी उपाध्याय, सबनम राई, सिमाना केसी, रचनाकुमारी चौधरी, सम्झनाकुमारी खड़का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा र लक्ष्मी साउद पनि प्रारम्भिक छनोटमा परेका छ्न्।

    आईसीसी महिला टी-२० विश्वकप एशिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण यही चैत १९ गते शुरु हुने क्यानले जनाएको छ।

    woman t20 V8tkfLGlbW

    प्रतिक्रिया दिनुहोस्
    images
    images