गर्मी सुरु भइसकेको छ र तापक्रम बिस्तारै बढ्दै गइरहेको छ । गर्मीमा शरीरमा पसिना आउँछ र डिहाइड्रेसनको खतरा बढ्छ । त्यसैले गर्मीमा प्रशस्तै पानी पिउनु पर्छ, जसले शरीरलाई राम्रोसँग काम गर्न मद्दत पुर्याउँछ ।
पानीको कमीले शरीरको तापक्रम बिग्रन सक्छ र विषाक्त तत्त्वहरू जम्मा हुन सक्छन् ।
हाम्रो शरीरलाई २० प्रतिशत पानी खानाबाट प्राप्त हुन्छ, जबकि ८० प्रतिशत पानी पिउनु पर्छ । कम पानी पिउँदा, पानी भएका खानेकुरा खानु महत्त्वपूर्ण छ।
केही फलफूल र तरकारीमा ९० प्रतिशतसम्म पानी हुन्छ, जसले हाइड्रेसन सुधार गर्न मद्दत गर्छ ।
काँक्रोः काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ । यसलाई पानीको मात्रा सबैभन्दा बढी भएको खानेकुरा मानिन्छ । यसको स्फूर्तिदायी स्वाद गर्मीमा धेरै फाइदाजनक हुन्छ । दैनिक काँक्रो खाँदा मानिसहरूलाई हाइड्रेटेड रहन मद्दत मिल्छ ।
मूलाः मुलालाई प्रायः सलाद वा अचारको रुपमा खाइन्छ । यसमा ९५ प्रतिशत पानी हुन्छ । मूलामा पानी त प्रशस्त हुन्छ नै यो भिटामिन सी र फाइबरको राम्रो स्रोत पनि हो । गर्मीमा मूला खानाले शरीरलाई स्वस्थ र हाइड्रेटेड राख्न मद्दत मिल्छ ।
गोलभेँडा: हरेक मौसममा खाइने गोलभेँडा गर्मीमा बढी फाइदाजनक मानिन्छ । गोलभेँडामा ९४ प्रतिशत पानी हुन्छ । यसमा लाइकोपीन नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ, जसले हाम्रो कोषहरूलाई क्षति हुनबाट बचाउँछ र शरीरलाई स्वस्थ राख्छ ।
खरबुजाः गर्मीमा खरबुजा खानु सबैभन्दा फाइदाजनक मानिन्छ । खरबुजामा लगभग ९२ प्रतिशत पानी हुन्छ । खरबुजा पोषक तत्वहरूले भरिपूर्ण हुन्छ, जसको कारणले गर्दा यसले हाइड्रेसन त कायम राख्छ नै स्वास्थ्यमा पनि सुधार ल्याउँछ ।
स्ट्रबेरीः पानीको हिसाबले स्ट्रबेरी धेरै फाइदाजनक मान्न सकिन्छ । यसमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ । स्ट्रबेरीमा पानी, फाइबर र भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा गर्मीमा यो स्वास्थ्यकर हुन्छ ।


विश्व खबर 



















