images
images
  • राजावादीको आन्दोलनमा लुटपाटमा संलग्नहरूको सूचना दिन प्रहरीको आग्रह

    नेपाल प्रहरीले राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौँमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन आग्रह गरेको छ ।

    शुक्रबार काठमाडौँका विभिन्न स्थानहरूमा तोडफोड, आगजनी, लुटपाट र अन्य आपराधिक गतिविधि भएको थियो । प्रहरीले सर्वसाधारणसँग तथ्यपरक सूचना (फोटो, भिडिओ, व्यक्तिको विवरण) उपलब्ध गराई अनुसन्धानमा सहयोग गर्न अपिल गरेको छ ।

    सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने जनाइएको छ । प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ भने थुप्रै सुरक्षाकर्मी र प्रदर्शनकारी घाइते भएका छन् ।

    p

    प्रतिक्रिया दिनुहोस्
    images
    images