images
images
  • दुर्गा प्रसाईंले भने– प्रहरी घेरा तोडेर ज्यान जोगाए  

    राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको बताएका छन् । प्रदर्शनका क्रममा उनले गाडीले प्रहरीको घेरालाई पेल्दै अघि बढेका थिए ।

    उनी अहिले फरार रहेका छन् । एक भिडिओ सन्देशमा उनले प्रहरीसँग माफी माग्दै भने, ‘म सुरक्षित हुनको लागि घेरा तोडेको हुँ, तपाईंहरूप्रति दुष्मनी छैन,’ उनले भने,’ मलाई मार्ने योजना भएको थाहा पाएपछि घेरा तोडेँ ।’

    उनले आफूजति प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही नभएको पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images