images
images
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले समितिबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन  संसदीय समितिबाट परिमार्जनसहित पारित गरेको हो ।

    बैठकमा समिति सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन  संसदीय समितिबाट परिमार्जनसहित पारित गर्न प्रस्ताव गरे । उक्त विधेयक समितिले सर्वसम्मत पारित गरेको घोषणा गरे ।

    समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको दफावार छलफल हुँदा विश्वविद्यालयका सम्बन्धमा समिति सदस्यहरूले केही नीतिगत विषयमा उठाएको र त्यस्ता विषयहरूमा उच्च शिक्षा सम्बन्धी विधेयकमा समावेश गरी सबै विश्वविद्यालयका हकमा एकरुपता कायम गर्न उपयुक्त हुने भन्दै समिति सदस्यहरूका धारणसमेत समेट्ने गरी जतिसक्दो छिटो उच्च शिक्षा सम्बन्धी विधेयक संसदमा ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images