पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ महानगरपालिकाले गरेको सात लाख ९३ हजार रुपैयाँको जरिवानासम्बन्धी पत्र निर्मलनिवासले बुझ्न नमानेपछि हुलाकमार्फत पठाइएको छ ।
नगरप्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार, नगरप्रहरी टोली पत्र लिएर निर्मलनिवास पुगेको थियो, तर पत्र बुझ्न मानेनन् । यसपछि हुलाकमार्फत जरिवानापत्र पठाइएको हो ।
महानगरले आठ पत्रमा नौ शीर्षकमा जरिवाना तोकेको छ । जसमा प्रदर्शनका क्रममा फोहोर फ्याँक्दा, दमकल फुटाउँदा, रुखबिरुवा र रेलिङ तोडफोड गर्दा जरिवाना तोकिएको छ ।
तीनकुनेमा प्रदर्शनकै क्रममा नगरप्रहरी घाइते भएका थिए र दुईजनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्























