प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्।
पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरूलाई बोलाइएको छ ।
शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि गणतन्त्र पक्षधर दलहरू पहिलोपल्टै एकै ठाउँमा बस्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्























