images
images
  • विश्वकप लिग–२ को तयारीका लागि ४८ सदस्यीय टोलीको घोषणा

    नेपाल क्रिकेट संघ (क्यान)ले आगामी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि ४८ सदस्यीय टोली घोषणा गरेको छ ।

    टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित राजवंशी, अनिल साह, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाड, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतीश जीसी, अविनाश बोहरा, मयान यादव, अर्जुन घर्ती, हेमन्त धामी, दीपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, ईशान पाण्डे, शेर मल्ल, प्रज्ज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलिप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, सकिब हक, विनोद भण्डारी, पवन सर्राफ, रासिद खान र अर्जुन साउद समेटिएका छन्।

    नेपाल हाल लिग–२ मा १२ खेलबाट ६ अंकसँग सातौँ स्थानमा रहेको छ । तालिकाको शीर्ष चार टोलीले आगामी आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्नेछन् । आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता २०२७ मा हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images