images
images
  • निर्मलनिवासमा जरिवानापत्र बुझाउने महानगरको तयारी

    काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

    आज महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले निर्मलनिवासमा जरिवानापत्र बुझाउने तयारी गरेका छन् ।

    शुक्रबारको राजावादी प्रदर्शनमा सडकमा फोहोर फ्याल्ने, दमकल फुटाउने, रुख र रेलिङ तोडफोड गर्ने घटनामा यी जरिवाना तोकिएका हुन् ।

    प्रदर्शनमा पाँच नगरप्रहरी घाइते भएका थिए र दुई जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images