नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुअर्ट ल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै अष्टे«लियन पूर्व ब्याटर स्टुअर्टलाई अप्रिलदेखि लागु हुने गरी २ वर्षका लागि नियुक्त गरिएको जानकारी दिएको हो।
यसअघि उनले अमेरिकन टोलीको पनि मुख्य प्रशिक्षक भएर काम गरेका थिए। २०२४ अक्टोबरमा आईसीसी विश्वकप लिग २ मा नेपालसँग भिड्नु एकदिन अघि उनी अमेरिकन टोलीबाट बाहिरिएका थिए। अमेरिकन टोलीबाट उनी ७ महिनामै बाहिरिएका थिए। तर उनले किन बिचमै छाडे भन्ने अमेरिकन क्रिकेट बोर्डले प्रस्ट बताएन।
उनले केही समय अफगानिस्तानको पनि मुख्य प्रशिक्षक भएर काम गरेको अनुभव छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















