गृह मन्त्रालयले राजावादी आन्दोलन राजनीतिक नभएर विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको बताएको छ ।
आज साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता छवि रिजालले अब सरकारले संयम नराख्ने प्रस्ट पारेको छ । कुनै पनि दृष्टिले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको उनले बताए ।
प्रवक्ता रिजालले २०६१ भदौ १६ गतेजस्तै अराजकता मच्चाइएको उल्लेख गरे । “भदौ १६ जस्तै प्रकृतिको घटना देखियो । २० वर्षपछि त्यस्तै देखियो । त्यसबेला अराजक समूह थियो । अहिले निश्चित उद्देश्य बोकेको समूह थियो । यो क्षतिको जिम्मेवारी आयोजकले लिनेछन्,” उनले भने ।
प्रवक्ता रिजालले राजावादी आन्दोलनमा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरु दुर्गा प्रसाईंको नेतृत्वमा अराजनीतिक भीड भएको बताए ।
प्रतिक्रिया दिनुहोस्























