राजावादी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आगजनी गरेका छन् । उनीहरूले नेपाल नागरिक उड्ड्यन प्राधिकरणको कार्यालय अगाडि र नेपाल आयल निगम अगाडि रहेको चौरमा आगजनी गरेका हुन् ।
आन्दोलनकारीले आगलागी गर्दा उडानहरू प्रभावित भएका जनाइएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगनाथ निरौलाले त्रिभुवन विमानस्थलभित्र सुरक्षित भए पनि बाहिर आगलागीका थुप्रै घटना भएकाले उडान प्रभावित भएको बताए ।
प्रतिक्रिया दिनुहोस्























