images
images
  • तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतीक जस्तो बन्यो : अध्यक्ष प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरूको संज्ञा दिएका छन् । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौँमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिकजस्तो बनेको टिप्पणी गरे ।

    अध्यक्ष प्रचण्डले घरमा आगो र प्रहरीमाथि समेत ढुंगा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक/दुई मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप लगाए । उनले आतंक फैलाउनु राजावादीहरुको चरित्र भएको तर्क गरे ।

    उनले भने, ‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तै अहिले त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । तीनकुने अहिले मण्डले अराजकताको । सबै प्रतिगामी, निरङ्कुशतावादीहरुको एउटा प्रतीक जस्तो बनेर देखिएको छ । त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरुले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका मण्डलेहरुले । एकदुई जना मरुन् र देशभर आतंक फैलियोस् भन्ने चाहेका छन् त्यो राजावादीहरुको चरित्र हो । हामी लाखको वरिपरि जम्मा छौँ ।’

    इतिहासलाई पछाडि फर्काउने दुःशााहस नगर्न उनको चुनौती छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images