तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेपछि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले स्थिति नियन्त्रणबाहिर हुन गएपछि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।
प्रहरीले अहिले भने तीनकुने क्षेत्रबाट राजावादीको प्रदर्शनकारीलाई तितरबितर पारेको छ । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाई फायर प्रहार गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्























