images
images
  • तीनकुने क्षेत्रमा कर्फ्यु लाग्दै

    तीनकुने क्षेत्रमा कर्फ्यु लाग्ने भएको छ । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई माइकिङ गर्दै प्रहरीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका हुन् ।
    तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । एक घरमा गरिएको आगजनी नियन्त्रणमा आइसकेको छ । तर राजावादीहरूले सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images