images
images
  • काठमाण्डौमा टिप्परको ठक्करबाट एकाबिहानै एक जनाकोे मृत्यु

    काठमाडौं, असार ११ । काठमाण्डौको गोकर्णेश्वरमा टिप्परले ठक्कर दिँदा शुक्रबार बिहान एक जनाकोे ज्यान गएको छ ।

    गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । उनको परिचय भने खुलेको छैन । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images