images
images
  • राजावादीले गरे प्रहरीमाथि ढुंगामुढा, अश्रुग्यास प्रहार

    काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार भएको छ । राजतन्त्रका पक्षमा सडकमा उत्रिएका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि अश्रुग्यास प्रहार गरिएको हो ।

    प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा पनि फ्याँकेको छ । राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोडेर तीनकुनेबाट बानेश्वरतर्फ आउन खोजेपछि धकेलाधकेल समेत भएको थियो ।

    राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन् । सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images