images
images
  • प्रतिनिधिसभाको बैठक सर्‍यो

    प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसोका लागि सरेको छ ।
    सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको बैठक बस्ने समय परिवर्तनसम्बन्धी सूचनामा ११ बजे बस्ने भनिएको बैठक दुई घण्टाका लागि सरेको हो ।
    सूचनामा विशेष कारणले निर्धारित समयमा बस्ने नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण भएको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images