images
images
  • कपाल झर्नबाट बच्न यी खानेकुरा खानुहोस्

    आजकल कपाल झर्ने समस्या सामान्य बनेको छ । धेरैको कपाल पोषक तत्त्वको कमीले झर्छ, जसले टाउको खाली देखिन सक्छ ।

    कपाल झर्ने समस्याबाट जोगिन विभिन्न घरेलु उपाय र महँगा उत्पादनहरू प्रयोग गरिन्छ, तर खासै लाभ हुँदैन । यदि तपाईँले सही पोषक तत्त्वयुक्त आहार लिनुभयो भने कपाललाई आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्न कम हुन्छ ।

    गाजरले कपाल छिटो बढाउँछ
    मेट्रोपोलिसइन्डिया डट कममा छापिएको एक खबर अनुसार यदि तपाईंको कपाल असाध्यै झर्छ भने तपाईँ गाजर खानुहोस् । गाजरमा भिटामिन ए हुन्छ जसले कपाललाई विभिन्न खालको लाभ प्रदान गर्छ । शरीर र कपालको कोशिकाको विकासका लागि भिटामिन ए निकै आवश्यक छ । यसको कपालको विकास तीव्र रूपमा हुन्छ । यसले कपालको सिबमको निर्माण बढाउँछ । यसले कपाल हाइड्रेट राख्छ र स्वस्थ बनाउँछ र साथै, गाजरले टाउकोमा रक्तसञ्चार बढाउँछ र समय अगावै कपाल सेतो हुनबाट पनि रोक्छ ।

    दैनिक अण्डा खानुहोस्
    अण्डामा विभिन्न खालको प्रोटिन हुन्छ जसले कोलेजनको निर्माण गर्छ । कोलेजन सिन्थेसिसमा सुधार हुँदा कपालको जरा बलियो, घना र लामो हुन्छ । साथै, अण्डामा बायोटिन पनि हुन्छ जुन हेयर केयरका लागि आवश्यक हुन्छ । यसले कपाल बढ्न सहयोग गर्छ । अण्डामा भएको आइरनले रक्तसञ्चार बढाएर कपाललाई बलियो, चम्किलो बनाउँछ ।

    सिट्रस फलहरू खानुहोस्
    कागती, सुन्तला, अङ्गुर जस्ता सिट्रस फलहरूमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसमा कोलाजेन पनि हुन्छ, जसले कपाललाई बल दिन्छ । भिटामिन सीले कोलाजेनको उत्पादन बढाउँछ । स्केल्प ब्लड सर्कुलेशनमा सुधार गर्छ । यो हेयर फलिकल्सलाई फ्री रेडिकलसको कारण हुने अक्सिडेटिव ड्यामेजबाट सुरक्षा गर्छ । अमिलो फलफूल खाँदा कपाल राम्रोसँग बढ्छ । यस्तोमा यदि तपाईंको कपाल झरिरहेको छ भने भिटामिन सीले भरपुर अमिलो खानेकुरा वा बेरिज खानुहोस् ।

    एभोकाडो, दालचिनी पनि उत्तम
    धेरै कपाल झरिरहेका कारण तपाईँ चिन्तित हुनुहुन्छ भने तपाईँले प्रत्येक दिन दालचिनी र भिटामिन ई ले भरपुर एभोकाडोको सेवन गर्नुहोस् । यी दुवैले तपाईंको कपालको विकास गर्छ र कपाल झर्न कम गर्छ । एभोकाडोमा पोटासियम, भिटामिन बी र फोलिक एसिड पनि हुन्छ जसले कपालको विकासमा सुधार गर्नुका साथै यसलाई बाक्लो पनि बनाउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images