images
images
  • काठमाडौँमा गोगोरोका ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा

    काठमाडौँमा ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा आएको छ । दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री–स्वापिङ प्रविधिमा  गोगोरोले काठमाडौं उपत्यकाभरि पूर्णरूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू सफलतापूर्वक स्थापना गरेको हो ।

    सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्य रहेको छ । प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेशनहरूले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गरेको जनाइएको छ । जसले गर्दा ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द लिन सक्ने बताइएको छ ।

    यात्रुहरूलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रहरुमा अवस्थित स्वाप स्टेशन सञ्चालनमा रहेका छन् भने स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने छन् ।  बिजुली अवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन गर्न सकिने गोगोरोले जनाएको छ ।

    गोगोरोको ब्याट्री–स्वापिङ प्रविधिले चार्ज सकिने चिन्ता प्रत्यक्ष रूपमा सम्बोधन गर्ने जनाइएको छ ।  राइडरहरूले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खने बारेमा चिन्ता गर्न नपर्ने बताइएको छ ।  हाल गोगोरोका स्टेसनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरूमा राखिएका छन् । हाल काठमाडौँमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको छन् र यो बढ्दो क्रममा छ ।

    “नेपालको ईभी ईकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरा गर्न पाएकोमा गर्व लागेको छ । यी ४५ स्व्याप स्टेसनहरू हाम्रो दीर्घकालीन सोचको पहिलो खुड्किलो मात्र हो, हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो,” नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images