माइतीघरमा प्रदर्शन गर्ने एक जना विदेशी नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा अमेरिकी नागरिक जुलियन कृपा ब्लिस (हिन्दु नाम जयानन्द कृपा) हुन् ।
प्रहरीका अनुसार उनी वर्ल्ड गार्डियन्स अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा गएका थिए ।
उनको नेतृत्वमा ८–१० जना जम्मा भई ‘शुद्ध शाहाकारी भोजन खानुहोस्, प्लास्टिक जलाउने फ्याँक्ने कार्य अपराध हो त्यसैले प्लाष्टिकलाई सधैँ अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस्,’ जस्ता नारासहित प्रदर्शन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्























