images
images
  • कोपा अमेरिका फुटबल : उरुग्वे क्वार्टरफाइनलमा

    एजेन्सी । उरुग्वे कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले हराउँदै उरुग्वे क्वार्टरफाइनल पुगेको हो ।

    उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । उसले एक गोल आत्मघाती उपहार पायो ।

    खेलको ४०औँ मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । खेलको ७९औँ मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २–० को जित दिलाए ।

    यो जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ‘ए’को उरुग्वे चौंथो स्थानमा छ । प्रतियोगिताबाट बाहिरिइसकेको बोलिभिया अंक विहीन रहदै पुछारमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images