images
images
  • काठमाडौँ महानगका कर्मचारीलाई तलब दिन सात दिनको अल्टिमेटम

    स्थानीय तह कर्मचारी संघले काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई तलब दिन सात दिनको अल्टिमेटम दिएको छ । संघका अध्यक्ष नारायणप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै यदि एक हप्ताभित्र तलब नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    उनले आन्दोलनबाट हुने परिणामको जिम्मेवारी महानगरले लिनुपर्ने र प्रशासनिक समस्यामा समन्वय गरेर समाधान खोज्नुपर्ने बताएका छन् । तीन महिनादेखि कर्मचारीहरूले तलब पाएका छैनन् र अन्य प्रशासनिक काम पनि ठप्प छन् ।

    संघले माग समाधान नगरेमा कडा आन्दोलन गर्ने  चेतावनी दिएको छ ।

    maha

    प्रतिक्रिया दिनुहोस्
    images
    images