images
images
  • “पाँचौँ एकदिवसीय कर्पोरेट फुटसल प्रतियोगिता २०८१” सम्पन्न 

    नेको इन्सुरेन्सले “पाँचौँ एकदिवसीय कर्पोरेट फुटसल प्रतियोगिता २०८१” सम्पन्न गरेको छ । नेको इन्सुरेन्सले यहि चैत्र ९ गते शनिबार धन्यन्तरी फुटसल, हाँडीगाउँमा मैत्रीपूर्ण मनोरञ्जनात्मक “पाँचौँ एकदिवसीय कर्पोरेट फुटसल प्रतियोगिता २०८१” सफलता पूर्वक सम्पन्न गरेको हो ।

    उक्त प्रतियोगितामा विभिन्न बैंकहरू र आयोजक नेको इन्सुरेन्स समेत १६ टिमले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा ग्लोबल आइमइ बैंक टिमले प्रथम स्थान र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक टिमले द्वितीय प्राप्त गर्न सफल भएका थिए ।

    WhatsApp Image 2025 03 22 at 7.59.45 PM 1 2

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत गरेको उक्त कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष   रमेश कुमार निरौला तथा प्रमुख अतिथि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङबाट संयुक्त रूपमा भएको थियो । कार्यक्रम समापनको अवसरमा विजयी टिम तथा खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । शनिवार दिनभर सञ्चालन भएको खेल निकै प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक रहेको थियो ।

    देशको निर्जीवन बीमा बजारमा विगत २९ वर्षदेखि उच्च गुणस्तरीय सेवा पुऱ्याउँदै आएको नेको इन्सुरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बखतमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

    WhatsApp Image 2025 03 22 at 7.56.18 PM 1 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images