कुलमान घिसिङले आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
बुधबार ५ बजेतिर वारेसमार्फत रिट आएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, ऊर्जा मन्त्रालयलाई विपक्षी बनाएर रिट पेस गर्दै बर्खास्तीको निर्णय बदर गरी तत्काल कामकाजी प्रक्रिया जारी राख्न माग गरेका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै हिदेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्























