images
images
  • बिहारको रेलवे स्टेसनमा गोली चल्दा ३ जनाको मृत्यु

    भारत बिहारको आरा रेलवे स्टेसनमा मंगलबार राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ।

    समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म नम्बर दुईमा भएको बताए।

    तीन जनाको शव निकालिएको छ। यो घटना प्रेम सम्बन्धसँग सम्बन्धित हुन सक्ने आशंका प्रहरीले गरेको छ।

    रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट पाण्डाले भने, ‘तीन जनाको मृत्यु भएको छ। अभियुक्त अमन कुमार २४ वर्षका थिए। उनी भोजपुरका बासिन्दा थिए।’

    ‘आरोपित अमनले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानेर हत्या गरे। त्यसपछि आफैँलाई गोली हाने।’ यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। उनले भने, ‘हामीले हत्यामा प्रयोग गरिएको हतियार जफत गरेका छौँ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images