सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलनमार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको औपचारिक रूपमा जानकारी गराएका हुन् ।
‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउने निर्णय भएको छ । प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य (ललितपुर)लाई नियुक्त गर्ने निर्णय पनि भएको छ,’ उनले भने । उनले कुलमानसँगको निर्णय सुशासनसँग जोडिएको पनि बताए ।
सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै जनस्तरमा असन्तुष्टि देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्























