नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि मंगलबार बिहान कुटपिट भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि एमालेका कार्यकर्ताले श्रेष्ठलाई कुटेका हुन् ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कुटपिट गर्नेहरूविरुद्ध कारबाही गर्ने बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा घण्टौँसम्म प्रधानमन्त्रीविरुद्धको नारा डिस्प्ले गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्























