काठमाडौं । हुन्डाईले क्रेटा ईभी सार्वजनिक गरेको छ। विद्युतीय गाडीमा चासो राख्नेहरूले पर्खिरहेको क्रेटा इभीको सार्वजनिक गरेको हो। क्रेटाको शुरूवाती मूल्य ५१ लाख ९६ हजार छ। प्रिमियमको ५९ लाख ९६ हजार रुपैयाँ छ।
नेपालमा हुन्डाईका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईले नेपालमै बनेको पेट्रोल इन्जिनको गाडीमा तुलनामा २ लाख सस्तोमा गाडी ल्याएको छ।
नेपालमै बनेको क्रेटाको मूल्य भने ५३ लाख ९६ हजार रूपैयाँमा ल्याएको छ। यसअघि, अल न्यु क्रेटाको ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ। पुरानो क्रेटाको मुल्य ५४ लाख ५६ लाख रुपैयाँ छ।
४२ किलोवाट आवर ब्याट्री आवर ३९० किमी रेञ्ज दिने कम्पनीले जानकारी दिएको छ । गाडीमा ९९ किलोवाटको मोटर रहेको छ। गाडीको ग्राउन्ड किलियरेन्स २०० एमएम छ। ७।९ सेकेन्डमै १०० किमीको स्पिडमा कुद्न सक्छ। क्रेटा ईभी माइनस ३५ डिग्रीसम्म चल्न सक्छ।
११ किलोवाटको स्मार्ट चार्जरबाट फुल चार्ज हुन ४ घण्टा लाग्छ। डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज १ घण्टामै हुन्छ। गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजारसम्म कुद्ने वारेन्टी रहेको छ।
गाडीमा ८ स्पिकर साउन्ड सिस्टम छन्। भ्यावाई कमान्ड फिचर्स सहित प्यानारोमिक सनरुफ छ। ७० वटा कनेक्टेड फिचर्स छन्। हुन्डाई स्मार्टसेन्स लेभल २ एडास सहित १९ फिचर्स रहेका छन्।
तत्काल नेपालमा ४२ किलोवाट आवरको ब्याट्रि र ९९ किलोवाट मोटर भेरियन्टको मात्रै उपलब्ध हुनेछ। एक्जुकेटिभ र प्रिमियम भेरियन्ट उपलब्ध हुने छ। नेपालमा क्रेटाले १० वर्ष अघि सार्वजनिक गरेको हुन्डाईका मोडल मध्ये नेपालमा धेरै बिक्री हुनेमा एसयूभी हो।


विश्व खबर 




















