images
images
  • एएफसी एसियन छनोटः नेपाल आज मलेसियासँग भिड्दै

    एएफसी एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली आज (मंगलबार) मलेसियासँग भिड्दैछ।

    मलेसियाको घरेलु मैदान इब्राहिम सुल्तान स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ।

    नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रगंशालाको खराब अवस्थाका कारण नेपाली टोली मलेसिया गएको हो।

    अघिल्लो साता सिंगापुरसँगको मैत्रीपूर्ण खेलमा १–० को ऐतिहासिक जित निकालेको नेपाली टोली उच्च मनोवलमा छ।

    खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले मलेसिया बलियो प्रतिद्धन्दी भएपनि जितका लागि नै खेल्ने बताएका छन्।

    नेपाल र मलेसियाबीच अहिलेसम्म सात पटक भेट भएको छ। ती सातै भेटमा नेपाल मलेसियासँग पराजित भएको छ। नेपाली टोली आजको खेलमा मलेसियाविरुद्ध हारको शृङ्खलालाई तोड्दै नयाँ सुरुवात गर्न चाहन्छ।

    छनोटमा नेपाल, मलेसियासँगै भियतनाम र लाओस रहेको समूह एफ मा छ।

    नेपाली टोली
    गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ।
    डिफेन्डरः अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ।
    मिडफिल्डरः रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान।
    फरवार्डः जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुवास बम ठकुरी, रेजिन सुब्बा।

    प्रतिक्रिया दिनुहोस्
    images
    images