प्रमुख तीन दलका शीर्ष नेताबिच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन दुई आयोग गठन गर्ने सहमति भएको छ । सिंहदरबारमा बसेको शीर्ष नेताहरुको बैठकले संक्रमणकालीन न्यायको विषय टुंग्याउन पुनःसर्च कमिटी गठन गर्ने निर्णय गरेको हो ।
छलफलपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकारसमेत रहेका एमाले नेता अग्नि खरेलले आयोग गठनका लागि सर्च कमिटी बनाउने प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएको बताए ।
आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे छलफल भएको र यसको प्रक्रिया सरकारले सुरु गर्ने निर्णय भएको खरेलले जानकारी दिए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त हुनै बाँकी छ। त्यसका लागि सिफारिस समिति (सर्च कमिटी) समेत गठन हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्























