images
images
  • थाइल्यान्ड जाँदै प्रधानमन्त्री ओली, मोदीसँग भेटवार्ता हुने अपेक्षा

    प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड जाने भएका छन् । बिमस्टेकको छैटौँ शिखर सम्मेलन यही चैत २० देखि २२ गतेसम्म बैंककमा हुनेछ ।

    बैंककमा चैत २० मा बिम्स्टेक विदेश सचिवस्तरीय र चैत २१ गते विदेशमन्त्रीस्तरीय बैठक हुनेछ । चैत २२ गते बिम्स्टेक राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको बैठक हुनेछ ।

    प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनमा चैत २२ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री ओली चैत १९ गते थाइल्यान्ड प्रस्थान गर्ने तयारीमा छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको द्विपक्षीय वार्ता र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता पनि हुने अपेक्षा गरिएको छ ।

    बिम्स्टेक १९९७ मा स्थापना भएको थियो र यसमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images