images
images
  • व्यवसायिक खेती गरी कृषिमा आत्मनिर्भर बनौँ : मन्त्री अधिकारी

    कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले यस्तो बताएका हुन् ।

    मन्त्री अधिकारीले अहिले भइरहेको पुरातन खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न नसकिने बताए । उनले वर्षभरि माटोसँगै खेल्ने किसानकै घरमा ६ महिना पनि खान नपुग्ने अवस्था रहेको बताए । उनले कृषिलाई व्यवसायिकरण गर्नका लागि विभिन्न चरणमा नीति निर्माण गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । खाद्यवस्तु आयात गरेर सधैँ गुजारा नचल्ने भन्दै उनले मन्त्रालयले ठोस नीति निर्माणका लागि मन्त्रालयले गम्भीरतापूर्वक सोचेको बताए ।

    उनले भने, ‘जमिन छैन मल बीउ पनि किन्न सक्दैन, तर उ गरिबीमा बाँचेको छ, वर्षभरि माटोमा खेल्छ ६ महिनाभन्दा बढी खान पुग्दैन । नम्बर एक यसका विषयमा सोचौँ, दोस्रो नम्बर मध्यम खालको जसले वर्षभरी खेती गर्छ र उ बाँच्नसक्छ । त्यसका विषयमा सोचौँ र तेस्रो व्यवसायिक किसान ।’

    मन्त्री अधिकारीले किसानलाई गरिबीबाट मुक्त दिलाउने गरी तल्लो तहका किसानलाई अगाडि बढाउन नीति निर्माणका लागि सुझाव पेस गर्न समिति सदस्यहरूलाई आग्रह गरे । मन्त्रालयमा आएको सुझावहरू एकीकृत गरी नीति निर्माण तहमा पुर्‍याउने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images