हालै गरिएको एक अध्ययनले रातो अङ्गुरको जुसलाई यौन क्षमता वृद्धिका लागि प्रभावकारी औषधिरहित विकल्पको रूपमा प्रस्तुत गरेको छ ।
यो अनुसन्धानले देखाएको छ कि रातो अङ्गुरको जुस नियमित सेवन गर्दा इरेक्टाइल डिसफंक्शन (लिङ्गमा कडापन नहुने) ८० प्रतिशतसम्म घट्न सक्छ । अध्ययनमा ४० वर्षपछि हरेक पुरुषले हप्तामा ५ दिन रातो अङ्गुरको जुस पिउनुपर्ने सिफारिस गरिएको छ । अन्य जुसहरूले यौन क्षमतालाई कुनै विशेष फाइदा नदिएको पाइएको छ ।
यो अध्ययन चीनको तियानजिन मेडिकल युनिभर्सिटीका शोधकर्ताहरूले गरेका थिए, जसमा १५०० पुरुषको स्वास्थ्य तथ्याङ्क सङ्कलन गरिएको थियो । रातो अंगुरमा उच्च मात्रा रहेको फेनोल्स नामक वनस्पति रासायनले रक्त प्रवाहलाई सुधार्दै यौन क्षमतामा वृद्धि ल्याउँछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















