भारतीय क्रिकेट टोलीका स्पिनर हरभजन सिंह आईपीएल २०२५ मा कमेन्ट्रीको कारण विवादमा परेका छन् ।
यो मामिला सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बिचको खेलसँग सम्बन्धित छ । जहाँ जोफ्रा आर्चरले बलिङ गर्दा हरभजन सिंहले टिप्पणी गरे, ‘लन्डनमा कालो ट्याक्सीको मिटर छिटो चल्छ र यहाँ आर्चर साहबको मिटर पनि छिटो चलेको छ।’
उक्त टिप्पणीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आक्रोशित बनाएको छ । उनीहरूले हरभजन सिंहलाई कमेन्ट्री प्यानलबाट हटाउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















